Thursday, November 21, 2019

सनातन धर्म संस्कृतिलाई मास्ने गरीको गुठी बिद्येयक आपत्तिजनक :कमल थापा

प्रकाशित मिति: 2019/06/23

८ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले गुठी विधेयक खारेज गर्न माग गरेको छ ।

केन्द्रीय समितिको विस्तारित बैठकको निर्णय जानकारी गराउन आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कमल थापाले उक्त विधेयक खारेज गरेर नयाँ विधेयक ल्याउनुपर्ने बताए ।
अध्यक्ष कमल थापाले नेपालको सनातन धर्म संस्कृतिलाई मास्ने गरी यो विधेयक आएको आरोप लगाए । थापाले गुठी विधेयकको विरोधमा भएको सडक आन्दोलनमा आफूहरुको ऐक्यवद्धता रहेको पनि बताए । राप्रपाले पार्टीको केन्द्रीय महाधिवेशन २०७७ जेठ महिनामा गर्ने पनि निर्णय गरेको छ ।

तपाईंको बिचार