Thursday, November 21, 2019

समाजबादी र राजपाबिच पार्टी एकता कति सम्भव ?

प्रकाशित मिति: 2019/06/23

८ असार, जनकपुरधाम । समाजबादी पार्टी र राजपाबिच पार्टी एकता बार्ता सुरु भएको छ ।  

आफूसँग एकताका लागि वार्ता गरिरहेको फोरम एकाएक नयाँ शक्तिसँग एकता गरेपछि उपेन्द्र यादवसँग राजपा नेताहरु चिढिएका थिए ।

तर समाजवादी पार्टी र राजपाका नेताहरुले फेरि एकीकरणबारे सम्वाद सुरु गरेका छन् । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राजपाका अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोबीच पछिल्लो पटक जनकपुरधाममा कुराकानी भएको छ ।
राजपा निकट स्रोतले आगामी कात्तिक महिनाभित्रै पार्टी एकीकरण हुने सक्ने दाबी गरेको छ । सरकारले संविधान संशोधनलाई गौण राख्न खोजेकाले वैकल्पिक शक्ति निर्माण गरी आन्दोलन गर्न पार्टी एकता गर्न लागिएको स्रोतको दाबी छ । राजपा अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोले भने एकताबारे कुराकानी सुरु भएको बताएका छन् ।  
देशमा वैकल्पिक लोकतान्त्रिक शक्तिको आवश्यक देखिएको भन्दै उनले त्यो आवश्यक्ता परिपूर्ति गर्न आफूहरु लागिपरेको बताए । 

तपाईंको बिचार