Thursday, November 21, 2019

सात बर्ष जेल बसेर छुटेका कंश बिप्लपका चन्दा संकलक

प्रकाशित मिति: 2019/06/25

असार १०, काठमाण्डौ । पेस्तोल देखाई केही हतियारधारी समूहले २०६६ सालमा झापाको लक्ष्मी बैंक लुटेको थियो । लुटेराहरूले बैंकबाट दिउँसै ७५ लाख रुपैयाँ लुटेर लगेका थिए।

प्रहरीले व्यापक खोजी गरी एक दर्जन व्यक्तिहरूलाई पक्राउ गर्यो । तीमध्ये एक थिए, मोरङ कानेपोखरीका कंश धिमाल । कानेपोखरी गाउँपालिका ६ का ३४ वर्षीय सुदीप भनिने कंशलाई असार ८ गते मोरङ प्रहरीले हतियारसहित पक्राउ गरेको छ । जेलबाट छुटेको तीन वर्ष नपुग्दै उनलाई प्रहरीले हतियारसहित पक्राउ गरेको हो ।
मोरङ प्रहरीका उपरीक्षक विश्व अधिकारीका अनुसार उनी लक्ष्मी बैंक लुटपाट घटनामा सात वर्ष जेल बसेर छुटेका हुन । जेलबाट छुटेपछि उनी विप्लव समूहमा आवद्ध भएर गतिविधि थालेको अनुसन्धानमा खुलेको अधिकारीले बताए ।
 

तपाईंको बिचार