Thursday, July 18, 2019

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

प्रकाशित मिति: 2019/06/28

१३ असार, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ ।

गत जेठ २५ र २६ गते लिइएको भाषा परीक्षाको नतिजा ईपीएस कोरियाले गएराति सार्वजनिक गरेको हो ।
परीक्षाफल ईपीएसको बेवसाइटमा गएर हेर्न सकिने छ ।
ईपीएस कोरिया शाखा नेपालले भाषा परीक्षाको नतिजा सार्वजनिक भएको जानकारी दिँदै यसबारे केहीबेरमा विस्तृत जानकारी दिने बताएको छ ।

जेठमा भएको परीक्षामा ९२ हजार ३ सय ५६ युवा सहभागी भएका थिए । यीमध्ये कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदारका रुपमा लैजाने दक्षिण कोरियाले निर्धारण गरेको छ ।
पछिल्लो समय दक्षिण कोरियाको रोजगारी युवाहरुको आकर्षणका रुपमा रहेको छ । 

तपाईंको बिचार