Thursday, October 24, 2019

युवती माथि सिरिन्ज होइन, ढलानको काँटीले घोचेको हुँ : सन्तोस

प्रकाशित मिति: 2019/06/28

१३ असार, काठमाडौं । महिना दिन यता काठमाण्डौमा युवतीमाथि सिरिञ्ज आक्रमण भएपछि आतंक फैलियो ।

रोग सार्ने नियतले आक्रमण गरेको हुनसक्ने आशंकामा पीडित युवतीहरुलाई एचआईभीविरुद्धको एआरटी औषधी चलाइएको छ भने हेपाटइटिसविरुद्ध भ्याक्सिन पनि दिइएको छ ।

तर, आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ परेका व्यक्ति सन्तोष कार्कीले आफूले ‘सिरिञ्ज’ प्रहार नगरेको बयान दिएका छन् । साथै, उनले ढल्कु र पकनाजोल क्षेत्रको घटनामा आफ्नो संलग्नता पनि स्वीकार गरेका छन् ।

‘मैले सिरिन्ज हानेको होइन, ढलानको काँटीले घोचेको हुँ’, पक्राउ परेपछि प्रहरी अधिकारीसँग बयान दिँदै उनले भनेका छन् । उनले आफूले मजाकका लागि घोचेको बताएका छन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका एक अधिकृत भन्छन, ‘उनले रोग सार्ने नियतले आक्रमण नगरेको पनि बताएका छन् ।’ प्रहरी अधिकृतले युवतीलाई आक्रमण भएको क्षेत्रमा जडान गरिएका सीसी टीभीबाट फुटेज निकालेर अनुसन्धान थालेको थियो ।
त्यसकै आधारमा अनुसन्धान गर्दै जाँदा महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसर, टेकुको संयक्त टोली उनीसम्म पुगेको थियो ।

 

 

तपाईंको बिचार