Thursday, July 18, 2019

मानव अधिकार आयोगले भनेझै कानून बनाउन सकिदैन :कानूनमन्त्री

प्रकाशित मिति: 2019/06/28

१३ असार, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले मानव अधिकार आयोग ऐनको संशोधन विधेयक संविधानअनुसार नै ल्याएको दाबी गरेका छन् ।

संसदको कानून, न्याय तथा मानवअधिकार समितिको कार्यक्रममा मन्त्री ढकालले संविधानको धारा १५८ (२) ले सरकार वादी भएर चल्ने सबै मुद्दाको अधिकार महान्यायाधिवक्तालाई दिएको बताए ।
उनले भने, ‘अहिले मानवअधिकारको विषय आयो, महान्यायाधिवक्ताले सिफारिस गर्ने, मानवअधिकार आयोगले कार्यान्वयन गर्ने गरौं न भने पनि संविधानले दिँदैन ।’
मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मातर्फ संकेत गर्दै मन्त्री ढकालले ‘संवैधानिक आयोगमा बसेका मुख्य व्यक्तिहरुले अब बन्ने कानून मैले भने अनुरुप भएन भने मान्दिनँ’ भनेको बताए । अरु देशमा यस्तो नहुने भन्दै उनले यो सरकार कतिसम्म उदार र सहनशील भएको प्रमाण भएको दाबी गरेका छन् ।

 

तपाईंको बिचार