Tuesday, September 17, 2019

जिपी फाउण्डेशन तारकेश्वरमा अधिकारीको संयोजकत्वमा १३ सदस्यीय कमिटी गठन

प्रकाशित मिति: 2019/06/30

असार १५, काठमाण्डौ । गीरीजाप्रसाद कोईराला(जिपी) फाउण्डेसन तारकेश्वरमा निकेश अधिकारीको संयोजकत्वमा १३ सदस्यीय नयाँ कार्यसमिती गठन भएको छ । अधिकारीको नेतृत्वमा रहेका अन्य पदाधिकारीमा क्रमशः उपाध्यक्ष ( मोतीराम ढकाल (वडा ३), सचिव ( राजन रिमाल (वडा ६) कोषाध्यक्ष ( पुरुषोत्तम श्रेष्ठ (वडा  ४) सहसचिव ( चन्द्रसूर्य तामाङ (वडा  १ रहेका छन । यस्तै कार्यसमिती सदस्यहरुमा ( सीताराम अधिकारी वडा १), अमृत मास्की (वडा २),( रामशरण मझकोटी (वडा ३),( श्यामकाजी तिवारी (वडा ४), ( रमु घिमिरे (वडा ५),( रमित तामाङ (वडा ५),( उषा तामाङ (वडा ५), ( भवनाथ रिमाल (वडा ६) रहेका छन ।

जिपी फाउण्डेशनका जिल्ला उपाध्यक्ष शिव अधिकारी अबिरलले जिपी फाउण्डेशनको काम कारबाहीलाई प्रभावकारी तथा सशक्तता दिनको लागि पहिलो चरणमा तारकेश्वरमा समिती गठन गरिएको बताए । उनले क्रमिक रुपमा पार्टीको काम कारबाहीलाई अगाडि बढाउन सामाजिक काम मार्फत फाउण्डेशनलाई गतिशिल बनाउने बताए ।

 

तपाईंको बिचार