Thursday, July 18, 2019

गुण्डागर्दी र अवैध असुलीमा संलग्न बेलकोटगढीका दाजु भाई पक्राउ

प्रकाशित मिति: 2019/07/01
काठमाडौं । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकामा गुण्डागर्दीको त्रास देखाउदै धम्क्याउने र अवैध असुली गर्ने हिड्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका वडा नम्बर ६ देउरालीमा पुर्ण बहादुर तामाङ र विपिन तामाङ छन ।
 
तामाङले सो वडामा जाडरक्सी खाएर होहल्ला गर्ने, स्थानीयलाई धम्काउने,  व्यवसायीहरुसँग हप्ताअसुली गर्ने गरेको उजुरीका आधारमा झिल्टुङ प्रहरीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालयलाई बुझाएको हो । उनीहरु माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख कृष्णबहादुर पल्लीमगरले जानकारी दिए । 
 
उनीहरुले बेलकोटगढी वडा ६ को देउराली बजार क्षेत्र, साविक दुइपिपल गाविस हाल नगरपालिका वडा ५ र ६ क्षेत्रमा हुने ठेग्क्का पट्टाका काममा कमिसन माग्ने, उक्त क्षेत्रमा संचालन हुने सवारी साधनहरुबाट धम्काएर रकम असुल गर्ने, उश्रृङखल गतिविधि गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । केहीदिन अघि मात्रै तारकेश्वर गाउँपालिका तारुकाघाटमा रहेको प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक (सही) कुलबहादुर कुंवरलाई आफु प्रहरी एसपी रहेको भन्दै धम्काएका थिए । 
 
वर्षौ देखि उनीहरुले यस्तो कार्य गर्दै आएका छन् । गएको दशैमा पुर्ण र बिपिन सहितको समूहले बेलकोटगढि वडा ६ स्थित डि चौर मा पिङ खेल्न गएका स्थानीय युवतिहरुलाइ जबर्जस्ती करणी गर्ने खोजे पछि उनीहरु बिरुद्ध झिल्डुङ प्रहरी चौकिमा उजुरी समेत परेको थियो । पछि स्थानीय र प्रहरीको रोबहरमा मिलापत्र गरि छोडिएको थियो ।
 
त्यस्तै गत बर्ष नै बेलकोटगढी नगरपालिकाको कार्यलय रहेको ठाउँमा स्थानीयहरु झगडा गर्ने क्रममा उनीहरुको साथबाट प्रहरीले एक थान खुकुरी समेत बरामत गरेको थियो  भने गएको स्थानीय निर्वाचनको बेला नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसिको गाडिमाथी बेलकोटगढि नगरपालिका वडा ५ स्थित दियाले भन्ने ठाउँमा चुनावी सभामा जाने क्रममा गाडीमाथि ढुङ्गा प्रहार गरेका थिए । 
 

तपाईंको बिचार