Saturday, September 21, 2019

बाघको जुँगा उखेल्दा कारबाही, साथै ५ लाख जरिवाना

प्रकाशित मिति: 2019/07/03

असार १८, बर्दिया । बाघको जुँगा उखेलेको अभियोगमा बर्दियाका एक व्यक्ति कारबाहीमा परेका छन् ।

जिल्ला अदालत बर्दियाले सो व्यक्तिलाई बाघको जुँगा उखेलेको अभियोगमा ५ लाख रुपैयाँ जरिवाना गरेको छ ।

जिल्लाको गेरुवा–४ शान्तिपुरका सुन्दरलाल चौधरीविरुद्ध जिल्ला अदालतमा बाघ मारेको अभियोगमा फौजदारी मुद्दा दर्ता भयो । उनीमाथि गत २८ पुसमा बाघ मारेको अभियोग लागेको थियो ।

जिल्ला न्यायाधीश किरणकुमार पोखरेलको इजलासमा मुद्दा सुनुवाइ भयो । इजलासले मुद्दाको फैसला गरी हालै सार्वजनिक भएको पूर्ण पाठमा उनले बाघ मारेको भन्ने त पुष्टि भएन तर जुँगा उखेलेको भने पुष्टि भयो ।

अदालतको फैसलाअनुसार उनले घरमा लुकाएर राखेको बाघको जुँगा भेटिएपछि त्यही अभियोगमा उनलाई ५ लाख रुपैयाँ जरिमाना तिराउने फैसला भएको जिल्ला अदालतले जनाएको छ ।

उनलाई वन्यजन्तुको अंग ओसारपसार अभियोगमा अदालतले जरिमानाको फैसला सुनाएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्जले चौधरीलाई पक्राउ गरेपछि सरकारी वकिलको कार्यालयले चौधरीविरुद्ध जिल्ला अदालतमा वन्यजन्तु ऐनअन्तर्गत बाघ मारेको अभियोगमा मुद्दा दर्ता गराएको थियो ।

तपाईंको बिचार