Wednesday, November 13, 2019

एनआरएनए बेल्जियमका अध्यक्ष दाहाल आईसीसी २०१९–२०२१ को लागि सहकोषाध्यक्षमा लड्ने

प्रकाशित मिति: 2019/07/03

ओमान, १८ असार । गैरआवासी नेपाली संघ (एनआरएनए) एनसीसी बेल्जियमका अध्यक्ष, लोकप्रसाद दाहालले एनआरएनए आईसीसी २०१९–२०२१ को लागि सहकोषाध्यक्ष पदमा उम्मेद्ववारी दिने घोषणा गर्नुभएको छ । सफल व्यवसायी एबं समाजसेवीका रुपमा समेत पहिचान बनाएका दाहाल एनआरएनएमा अत्यन्त सक्रिय व्यक्तिका रुपमासमेत चिनिनु हुन्छ ।

यहि २८ जुनमा एनआरएनए ओमानको अधिवेशनमा सहभागी हुन आएका दाहालले एनआरएन अभियन्ताहरुसंगको छलफलपछि आफुले सहकोषाध्यक्षमा उम्मेदवार घोषणा गरेको बताउनु भयो ।

उहाँले आफु यो अभियानबाट बाहिर जान नसक्ने र आफुले एनआरएनएका विभिन्न पदमा रहेर काम गरिसकेकोले शुभेच्छुकहरुको आग्रहलाई स्वीकार गर्दै सहकोषाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेको बताउनुभयो ।

दाहालले यस अघि एनआरएनए बेल्जियमको महासचिव भएर कार्यकाल पूरा गरि अहिले २०१७–२०१९ कार्यकालको अध्यक्षमा रहेर आफ्नो कार्य सञ्चालन गर्दै आउनु भएको छ । उहाँले आफुलाई सहयोग गर्न विश्वभर रहेका गैरआवासीय नेपालीहरुलाई अनुरोधसमेत गर्नुभयो ।

गैर आवासीय नेपाली संघ ओमानको पाँचौ राष्ट्रिय अधिवेशनमा सहभागी हुन पाउँदा अत्यन्तै खुसी लागेको बताउँदै दाहालले भूगोलले जतिसुकै टाढा भए पनि नेपालीहरुबीच आत्मीयता र मायाको वृद्धि यस्तै कार्यबाट हुने उल्लेख गर्नुभयो ।

 

तपाईंको बिचार