Thursday, July 18, 2019

कुमार पौडेल दोहोरो भिडन्तमा नै मारिएका हुन :गृहमन्त्री

प्रकाशित मिति: 2019/07/09

२४ असार, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले विप्लव समूहका नेता कुमार पौडेलको मृत्यु दोहोरो भिडन्तमा नै भएको दाबी गरेका छन् । राज्य व्यवस्था समितिको निर्देशनअनुसार बनेको छानविन समितिले दिएको प्रतिवेदनले पनि त्यही देखाएको उनले बताए ।

मंगलबार संसदमा कांग्रेसले कुमार पौडेललाई नियन्त्रणमा लिएर हत्या गरेको भन्दै सरकारको धारणा माग गरेका थिए । जवाफमा गृहमन्त्री बादलले भने गस्तीमा रहेको प्रहरी टोली र विप्लव समूहका कार्यकर्ताको जम्काभेट भएको दाबी गरे । त्यसक्रममा कुमार पौडेलसँगै रहेका सहकर्मीले फाइरिङ गर्दै भागेको र कुमार पौडेलले पनि फायरिङ गरेको उनको दाबी छ । पौडेलले मिस फायरिङ गरेको र प्रहरीको जवाफी कारबाहीका क्रममा उनको मृत्यु भएको गृहमन्त्रीको दाबी छ ।

तपाईंको बिचार