Thursday, July 18, 2019

भैंसेपाटीको हिरासतबाट ३ जना थुनुवा फरार

प्रकाशित मिति: 2019/07/09

असार २४, काठमाडौं । महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको हिरासतबाट तीन जना थुनुवा फरार भएका छन् । लागु औषध कारोबार मुद्दाका रविकुमार तिम्सिना तथा डाँका चोरी मुद्दाका सम्शेर माझी र रुद्रलाल श्रेष्ठ फरार गएराति ग्रिल उप्काएर भागेका हुन् ।

जावलाखेल प्रहरीमा राख्नुपर्नेमा ठाउँ अभावका कारण उनीहरुलाई भैंसेपाटीमा राखिएको थियो । उनीहरुको नाम खुलाइएको छैन ।

ललितपुर प्रहरी प्रमुख रविन्द्र धानुकले घटनाको पुष्टि गर्दै फरार भएकाहरुको खोजी कार्य भइरहेको जानकारी दिए ।

उनीहरुको खोजीका लागि काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा व्यापक मात्रामा प्रहरी परिचालन गरी निगरानी बढाइएको छ ।

तपाईंको बिचार