Thursday, July 18, 2019

पासाङ ल्ह्यामु शेर्पाकी छोरी दावाफुटी बनिन् स्पेनकी राजदूत

प्रकाशित मिति: 2019/07/09

असार २४, काठमाडौं । स्पेनका लागि नेपाली राजदूतमा दावाफुटी शेर्पालाई सिफारिश गरिएको छ । उनी सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला पासाङ ल्ह्यामु शेर्पाकी छोरी हुन् । सोमबार बसेको संसदीय सुनुवाइ समितिबाट अन्य तीन जनासँगै दावाफुटी पनि राजदूतमा अनुमोदन भएकी हुन् ।

प्रधानमन्त्री ओलीको कोटामा राजदूत सिफारिस भएकी उनीे पासाङ ल्ह्यामु शेर्पा फाउन्डेसनकी अध्यक्ष पनि हुन् । यसअघि पूर्वमन्त्री कृपासुर शेर्पा फाउन्डेसनका अध्यक्ष थिए । उनैले धुम्बाराहीस्थित भवन फाउन्डेसनकै भवनमा नेकपाको केन्द्रीय कार्यालय राख्न दिएका थिए ।  
२०३८ सालमा जन्मेकी दावाफुटी अमेरिकामा अध्ययन गरेर भर्खरैमात्रै नेपाल फर्किएकी हुन्।

तपाईंको बिचार