Sunday, November 17, 2019

विप्लव समूह र प्रहरीबीच भिडन्त, प्रहरीसहित २ जनाको ज्यान गयो

प्रकाशित मिति: 2019/07/10

असार २५, भोजपुर । भोजपुरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समुह र प्रहरीबीच गोली हानाहान भएको छ । बुधबार बिहान सदरमुकामस्थित शनिबारे हटिया लाग्ने ठाउँमा उक्त झडप भएको प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

उक्त झडपमा दुवैतर्फ एकरएकजनाको मृत्यु भएको बताइएको छ । बिहान साढे आठ बजे गोली हानाहान हुँदा विप्लव समूहका ओखलढुंगा जिल्ला इञ्चार्ज निरकुमार राईको मृत्यु भएको जनाइएको छ ।

झडपमा गोली लागेर प्रहरी जवान सन्जिव राईको पनि मृत्यु भएको छ । अरू प्रहरी पनि घाइते भएको र उनीहरुलाई अस्पताल लगिएको भोजपुर प्रहरीले जनाएको छ । घटनास्थलबाट पेस्तोल र केही गोली समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

तपाईंको बिचार