Thursday, July 18, 2019

बुधबार र बिहीबार निरन्तर वर्षा, राजमार्गमा पहिरो

प्रकाशित मिति: 2019/07/10

असार २५, काठमाडौं । विगत केही दिनदेखि लगातार रुपमा पानी परिरहेको छ । देशभर भएको भारी वर्षाले जनजीवन प्रभावित बनेको छ ।

मनसुनको न्यूनचापिय रेखा नेपालतिरै रहेकाले दुई दिन बढी सतर्क हुनुपर्ने मौसमविद्को तर्क छ । मंगलबार रातिदेखि बुधबार १२ बजेसम्म पनि देशका अधिकांश स्थानहरुमा सामान्यदेखि भारी वर्षा भइरहेको छ । वर्षाको क्रम बुधबार र बिहीबार बढी देखिने मौसमविद् विभूति पोखरेल बताउँछिन् । उनका अनुसार मध्य र पूर्वमा बढी सतर्क रहनु पर्नेछ । पश्चिममा पनि सतर्क रहनु पर्ने भए पनि त्योभन्दा बढी सतर्क मध्य पूर्वमा बढी देखिनु पर्ने हो ।

यस्तै, विपद् व्यवस्थापन तथा भू–गर्भविद् डा. कृष्ण देवकोटा पनि मनसुन भित्रिएकोले निरन्तर पानी परेकोले सतर्क रहन आग्रह गर्छन् । उनले नदी क्षेत्रहरुमा बढी सतर्क रहन आग्रह गर्दै अत्यावश्यक कामका लागि कामको प्रकृति हेरेर बाहिर निस्कनुपर्ने भन्दै सचेत रहन अनुरोध गर्छन् ।

बर्षाका कारण विभिन्न राजमार्गहरुमा पहिरो जानुका साथै यातायात अवरुद्ध भएका छन् ।

तपाईंको बिचार