Wednesday, September 18, 2019

जनकपुरधाम जलमग्न

प्रकाशित मिति: 2019/07/12

असार २७, धनुषा । प्रदेश–२ को अस्थायी राजधानी जनकपुरधाम जलमग्न भएको छ । बुधबार रातिदेखि परेको अविरल वर्षाले सो क्षेत्र जलमग्न भएको हो ।

जनकपुरको ऐतिहासिक बाह्रविघा मैदान, जनकपुर विमानस्थल, जनकपुर अञ्चल अस्पताल, जिल्ला प्रहरी कार्यालय धनुषा, जिल्ला हुलाक कार्यालय, प्रदेश २ स्वास्थ्य निर्देशनालयलगायतको परिसर जलमग्न बनेको छ ।

यो क्षेत्रमा कतिपय होचा स्थानमा बनाइएका घरमा पानी पसेको छ । अहिलेसम्म कुनै प्रकारको अप्रिय घटना नभएको र  वर्षाले भएको क्षतिको तथ्यांक संकलन काम भइरहेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

जनकपुर उद्योग वाणिज्य संघ, भानु चोक, मिल्स एरिया, मुरली चोक, विश्वकर्मा चोक, कदम चोकलगायतका क्षेत्रमासमेत पानी जमेको छ।

तपाईंको बिचार