Sunday, November 17, 2019

काभ्रेमा पहिरोः हजुरआमा र नातिनीको पुरिएर मृत्यु

प्रकाशित मिति: 2019/07/12

असार २७, काठमाडौँ । अविरल वर्षाका कारण काभ्रेमा पहिरो खस्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ। बनेपा नगरपालिका वडा ३ नालास्थित रामप्रसाद दंगालको घरलाई पहिरोले पुर्दा दुई जनाको मृत्यु भएको हो। 

मृत्यु हुनेमा ५५ वर्षीय गोमा दंगाल र ७ वर्षीय सोहनी दंगाल रहेको जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी जयराम सापकोटाले जानकारी दिए। मृतक हजुरआमा र नातिनी हुन्। पहिरोमा परी ३५ वर्षीया सुजिला दंगाल र तीन महिनाकी बालिका घाइते भएका छन्।

त्यस्तै ललितपुरको वागमती गाँउपालिका वडा नं २ माल्टास्थित बगुवामा घर भत्किँदा एक बालकको मृत्यु भएको छ।

घर भत्किँदा पन्चलाल जिम्बाको ११ बर्षीय छोरा सरोज जिम्बाको मृत्यु भएको स्थानीय प्रकाश लामाले जानकारी दिए।

तपाईंको बिचार