Monday, August 26, 2019

कुवेत आगलागी, तीन नेपालीको मृत्यु

प्रकाशित मिति: 2019/07/14

असार २९, काठमाडौं । कुवेतको आप्रवासी बस्ने एक अपार्टमेन्टमा आगो लागेको छ । आगो  लाग्दा तीन जना नेपालीको मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

मृत्यु हुनेमा सर्लाहीका विजय बैठा,  र अरु दुई जना महिला महिलाहरु अप्सरा कामी र गौरी दर्जी रहेका छन् । मृतक महिलाहरुको भने नेपालको ठेगाना खुल्न सकेको छनै ।
 
अपार्टमेन्टमा शनिबार राति भएको आगलागीमा परेर अरु केही घाइते भएको र ती नेपाली हुन् या होइनन भन्ने पहिचान हुन नसकेको दूतावासको भनाई उदृत गर्दै परराष्ट्रमन्त्रालयका सहायक प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । आगलागीमा परेका १२ जनाको उद्धार गरिएको छ । आगलागी भएको स्थान महाबुल्लाहमा उल्लेख्य मात्रामा नेपाली कामदार बस्दै आएका छन् । आगलागीको कारण भने अहिलेसम्म खुल्न नसकेको दूतावासले जनाएको छ ।

तपाईंको बिचार