Sunday, October 20, 2019

नुवाकोट तारकेश्वरकी तामाङ नायिका ‘सोनी’ को फिल्मी यात्रा

प्रकाशित मिति: 2019/07/14

काठमाडौं । नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिका दाङसीङ गाउँको सामान्य परिवारमा हुर्केकी हुन्, तामाङ नायिका सोनी तामाङ । विद्यालय तहदेखि नाचगान क्षेत्रमा लाग्ने उनी हाल एक सफल नायिकाको रुपमा स्थापित भइसकेकी छिन् । उनी भन्छिन्, यस क्षेत्रसम्म आउन मैले धेरै दुःखहरु भोगे र मिहेनत पनि गरे । 

माध्यामिक तहसम्मको मात्र अध्यनन गरेकी उनले अरुले जस्तै उच्च शिक्षा हासिल गर्न मन लागेको बताइन् । तर घरको आर्थिक अवस्थाले गर्दा त्यो सम्भव भएन, दुखी हँदै उनले भनिन् । घरमा अपा (बुबा) को देहावसन, पारिवारिक स्रोत गुमेकाले उनले सानै उमेरमा त्यो जिम्मेवारी आफ्नो काँधमा लिइन् । त्यसैले आफ्नो पढाइलाई माया मारी, कमाउनको लागि थाङ्का कोर्न थालिन् । त्यसमा पनि भएन, पस्मिनाको काममा हात हालिन् । यस्तै संघर्ष गर्दै गरीन् । त्यतिमात्र नभएर २ वर्ष त मलेसियामा बसेर पनि काम गरे, उनले भनिन् । पछि घरको अवस्था अलि सुर्धेपछि भने फेरि उनी गाउँ फर्किन् । आफ्नो तामाङ समुदायमै बसेर यसलाई उत्थान र जागरुक बनाउनमा केही योगदान गर्ने सोच बनाएर गाउँ फर्केकी हुन् । 

“म २०६८ सालमा गाउँ फर्केको थिए । गाउँ फर्कदा मलाई दाइले अब के गर्छस् त भनी सोध्नुभयो ?” उनले भनिन्, मैले पनि सिधै मलाई फिल्मी दुनियाँमा रमाउन मन छ । त्यसो भने लगत्तै तामाङ समुदायको म्होन्दो माया समाजमा दाइले परिचय गराउनुभयो । त्यो एक तामाङ कलाकारहरुको समुह थियो, जो प्राङणा चलचित्रको तयारीमा जुटेको थियो । गाउँकै चिनजानको दाइहरु भएकाले मलाई लिड रोलकै लागि अफर गरे । उनले खुशी हुँदै सुनाइन् । त्यसपछि सुरु भएको थियो, मेरो फिल्मी दुनियाँ ।

धेरैले सोच्लान्, नायिका बन्नु एकदमै सजिलो हुन्छ, तर त्यो नायिकालाई मात्र थाहा हुन्छ कति गाह्रो हुन्छ । मैले पनि त्यही बेलामा थाहा पाए । हाँस्दै उनी भन्छिन् । प्राकृतिक दृश्य चलचित्रमा झलकाउन कहिले कुन त कहिले कुन ठाउँ पुग्नुपथ्र्यो । कतै गाडीको सुविधा नहुँदा लामो दूरीको यात्रा हिडेर नै जानुपथ्र्यो । कहिले नजिकै पसल नहुँदा एक प्याकेट चाउचाउले पनि दिन टार्नुपथ्र्यो । मैले पनि सुटिङको क्रममा यिनै कुराहरु भोगे । तर त्यसको प्रतिफल भने राम्रै पाए । पहिलो चलचित्रबाटै तामाङ समुदायमा चर्चित बन्न पुगे । 

मेरो मिहेनतले गर्दा पछि थुप्रै चलचित्रको पनि अफर आयो । मैले म्योबस्या, स्यामा पिम्बाजस्ता म्यूजिक भिडियोहरुमा पनि प्रमुख भूमिका निभाएकी छु । साथै उनी तामाङ अन्तर्राष्ट्रिय फिल्म फेस्टिव अवार्ड गरी अरु दुईवटा अवार्डबाट पनि सम्मानित भइसकेकी छिन् । हाल उनी तारकेश्वर कलाकार समाजकी उपाध्यक्ष पद सम्हालिरहेकी छिन् ।

तपाईंको बिचार