Wednesday, October 16, 2019

पर्यटकीय नगर पोखरामा ४४ वटा सोलार बत्ती पिल्लरमा मात्र सिमित

प्रकाशित मिति: 2019/07/15

असार ३०, पोखरा । लाखौ खर्च गरेर बनाइएको पोखराका सोलार बत्ती पिल्लरमा मात्र सिमित रहेका छन् । पर्यटकीय नगरी पोखराको लेकसाइडको फुट ट्रयाकमा राखिएका करीब ४४ वटा बत्ती नबलेको वर्षौ भैसक्दा पनि कसैको ध्यान जान सकेको छैन ।

पोखरा महानगरपालिकाको लगानीमा राखिएको सोलार बत्ती जडान गरेको ६ महिनापछि नै समस्या आएको र बल्न छोडेका थिए । करीब ५५ लाख रुपैयाँको लागतमा निमार्ण गरिएको यी सोलार बत्ती हाल एउटा पनि बलेको छैनन् । बेलुकीको समयमा यी बत्ती राखिएका स्थानहरु अन्धकारमय भएका छन् । ब्याट्रीमा ५ वर्षको वारेन्टी र प्यानलमा २० वर्ष वारेन्टी रहेका यी बत्ती जडान गरेको ३ वर्ष पनि नपुग्दै पुर्ण रुपमा बिग्रिएका छन् ।

त्रीप्रजी कम्पनिले निमार्ण गरेको र मर्मतको जिम्मा लिएको भएता पनि हाल यो कम्पनिले के गरिरहेको छ भन्ने कसैलाई थाहा छैन । न मर्मत गरेको छ ,न यसको संरक्षण नै । सोलार बत्ती नभएका कारण बेलुकीको समयमा पैदल हिड्नका असहज भएको स्थानीयको गुनासो रहेको छ । प्रति सोलार बत्ती महानगरपालिकाको १ लाख पच्चिस हजार लगानी भएको छ तर हाल त्यसको अवस्था के छ भन्ने महानगरपालिकालाई अत्तोपत्तो छैन ।

लाखौ रकम खर्च गरेर बनाइएको सोलार बत्ती बिग्रीएको अवस्थामा रहेको र मर्मतका लागि कसैको ध्यान नजानुले पोखरा महानगर यो विषयमा कति सम्बेदनशिल छ ? भन्ने स्पष्ट देखाउँछ ।

तपाईंको बिचार