Monday, August 26, 2019

जंगली हात्तीले कान्छा दराइको ज्यान लियो

प्रकाशित मिति: 2019/07/16

असार ३१, काठमाडौँ । जंगली हात्तीको आक्रमण गर्दा पूर्वी चितवनमा एकजनाको ज्यान गएको छ । चितवन निकुञ्जको जंगल, राप्ती खोला र मध्यवर्ती जंगलले घेरिएको रत्ननगर नगरपालिका–७ बद्रहनी गाउँका ६२ वर्षीय कान्छा दराईलाई जंगली हात्तीले आक्रमण गरेर ज्यान लिएको हो । 

चितवन निकुञ्जको मृगकुञ्ज मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष बासु ढुंगनाका अनुसार बिहान साढे ६ बजे उक्त घटना भएको थियो । पर्यटकीय क्षेत्र आडैमा भएको बद्रहनी गाउँमा जंगली जनावरको भय सधै रहन्छ । गाउँका प्रत्येक जस्तो घरमा वन्यजन्तु आक्रमणका घटनाहरु भोगेका व्यक्तिहरु भेटिने अध्यक्ष ढुंगनाले बताए । चितवन राष्ट्रिय निकुञ्जबाट प्राप्त विवरण अनुसार वन्यजन्तु आक्रमणमा परेर यो सहित चितवन निकुञ्ज आसपासको मध्यवर्ती क्षेत्रमा १२ जनाको ज्यान गएको छ ।

तपाईंको बिचार