Monday, August 26, 2019

नेकपाका ३२ बिभागमध्ये १८ पूर्व एमाले र १४ पूर्वमाओबादीले नेतृत्व गर्ने

प्रकाशित मिति: 2019/07/17

साउन १, काठमाडौं । नेकपा पार्टी एकीकरणको अन्तिम टुंगो लगाउने सहमति भएको भएपनि बिभाग र जिल्ला ईन्चार्जमा कुरा मिल्न सकेको छैन । दुई अध्यक्षले माधव नेपाललगायतका नेताहरूसँग परामर्शपछि सचिवालय बैठकबाट टुंगो लगाउने सहमति भएको एक नेताले बताए ।

मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी ओली, प्रचण्ड, महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा बादलबीच छलफलपछि एकता र एकीकरणसँग सम्बन्धित सबै प्रक्रिया टुंगो लागेको बताइएको थियो । केही जिल्ला इञ्चार्ज र विभागमा थप छलफल आवश्यक भएको नेताहरूले बताएका छन् ।

 


नेकपाका सचिवालय सदस्यहरूले नेतृत्व गर्ने ठूला विभागहरूमध्ये पार्टी स्कुल विभाग कसले लिने भन्ने टुंगो लाग्न बाँकी रहेको स्रोतले जनाएको छ । संगठन विभाग, विदेश विभाग, संसदीय विभाग र राज्य व्यवस्था विभाग पूर्वएमालेको भागमा परेका छन् ।

त्यस्तै, प्रचार विभाग र आर्थिक विभाग पूर्वमाओवादीको भागमा परेका छन् । ३२ वटा विभागमध्ये १८ विभागका प्रमुख पूर्वएमालेका नेता हुनेछन् भने १४ वटा विभागको नेतृत्व पूर्वमाओवादीले गर्नेछन् ।

पूर्वएमाले र पूर्वमाओवादीबीच विभाग बाँडफाँट भए पनि व्यक्ति आ–आफ्नो समूहबाट तोक्ने सहमति भएको बताइएको छ । पूर्वएमालेले नेतृत्व गर्ने विभागका प्रमुखको नाम ओलीले प्रस्ताव गर्ने र पूर्वमाओवादीबाट नेतृत्व गर्नेको नाम प्रचण्डले तोक्ने सहमति भएको छ ।

तपाईंको बिचार