Monday, October 14, 2019

सार्वजनिक जग्गा अतिक्रमण

प्रकाशित मिति: 2019/07/18

साउन २, मुगु । मुगु जिल्लाको पश्चिम भेगमा रहेको खत्याड गाँउपालिकामा रहेको मार्थिचौर भन्ने ठाँउमा सरकारी सार्वजनिक जग्गा अतिक्रमणमा परेको छ । पछिल्लो केही समययता भूमाफियाहरुले स्थानीयबासीहरुमा सो जग्गा धमाधम खरिद–बिक्री गर्न थालेका छन् ।

साबिकको श्रीकोट गाविस वडा नम्बर ६ मा रहेको हालको खत्याड गाँउपालिका वडा नम्बर ५ मार्थिचौर भन्ने स्थानमा रहेको जग्गा नापी कार्यालय मुगुको रेकर्डअनुसार सरकारी जग्गा हो । २०५०।२०५१ को एकोहोरो नापी अनुसार १५ हजार ७ सय ९७ दशमलव ५० वर्गमिटर रहेको सो जग्गा पर्ती फिल्ड बुक क्षेत्री किताबमा उल्लेख छ । पर्ती अर्थात् बाँझो जग्गा नेपाल सरकारको नाममा रहन्छ ।

पछिल्लो समयमा केही वाद–विवाद आउँदा नापी कार्यालय र मालपोत कार्यालयबाट त्यस क्षेत्रमा अनुगमन गर्दा स्थानीयवासीहरुले धमाधम ५१ भन्दा बढी घर बनाई खरिद–बिक्री भइरहेको देखियो । स्थानीय बजारको रुपमा पारित गरी उक्त जग्गामा बजार बनाउन लागिएको हो ।

२०५०।२०५१ को नापीभन्दा पहिला बाउन्न डोरी हालेको हो । त्यतिखेर धेरै गाँउका स्थानीय र शाहहरुबीच कुरो नमिल्दा नापी हुन सकेन । आफु जन्मनु भन्दा पहिले बाजेको पालादेखि गाईगोरु चराउने ठाँउ रहेको खत्याड गाँउपालिका वडा नम्बर ४ केरैगाँउका ७७ बर्षका रत्न बहादुर थापाले बताए । उनी भन्छन्, ‘सरकारी जग्गा हो भनी जान्दाजान्दै पनि पछिल्लो समयमा खत्याड गाँउपालिका भित्र रहेका विभिन्न बस्तीका स्थानीय आएर आफुखुसी घार बनाएर खरीद–बिक्री गरिरहेका छन् । 

शाह र थापा बस्तीका मानिसहरुले गौचरन गर्दै आइरहेको ठाँउ हो माथिचौर । पछिल्लो समयमा यस माथिचौरमा बजार बिस्तार हुँदा बाहिर अन्य बस्तीका मानिसहरु आएर आफुखुसी घर लगाएर बसेका छन् । कुनै आर्थिक कारोबार गर्नुपरेमा उनीहरु घर माथिचौरको देखाउने तर लालुपूृर्जा भने अन्यत्रै ठाउँको देखाएर कारोबार गर्ने गरेका छन् । 

अदालत बाट कुनै जानकारी नआएको खुल्ला पाखो जमिनमा ठूलठूला पक्की घर लगाएइका छन् । आफ्नो ४ वटा घर बनाएको खत्याड गाँउपालिका बडा नम्बर ४ केरै गाँउ बस्ने बर्ष ६९ का रन्दीप थापाले बताए ।

तपाईंको बिचार