Saturday, September 21, 2019

धनगढीमा आत्मसुरक्षाका लागि बोकेको बम पड्कीएको बिप्लप समुहको दाबी

प्रकाशित मिति: 2019/07/19

३ असार, काठमाडौं । बिप्लप नेतृत्वको माओबादीले धनगढीको शहिद गेट नजिकै भएको बम बिष्फोटको जिम्मा लिएको छ ।  
शुक्रबार दिउँसो सेती–महाकाली ब्यूरो इञ्चार्जले निर्माणको नामबाट विज्ञप्ति जारी गर्दै पार्टी कामको सिलसिलामा आत्मसुरक्षाका लागि बोकेको विष्फोटक पदार्थ पड्किएको जनाएको हो ।
विज्ञप्तिमा पार्टीका रामबहादुर सिंह ‘राजेश’ ले सहादत प्राप्त गरेको पनि स्वीकारिएको छ । घटनामा अन्य चार जना घाइते छन् ।
घाइते कञ्चनपुरको बेलौरी–५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र केशवराज पाण्डेको स्थानीय माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये सेरलामा पनि विप्लव समूहकै कार्यकर्ता भएको दाबी गरिएको छ । यद्यपि, उनीमाथि विज्ञप्तिमा केही उल्लेख गरिएको छ ।
घाइतेको उचित उपचारको व्यस्वस्था पनि पार्टीले गर्ने प्रतिबद्धतासहित अस्पताल परिवार र उपचारमा संलग्न स्वास्थ्यकर्मीमा घाइतेको उपचारमा कुनै पनि कमी हुन नदिन पार्टी विनम्र अनुरोध गर्दछ, भनिएको छ । घटनाको मुलकारण ‘दलाल पुँजीवादी संसदीय व्यवस्था’ भएको पनि बिज्ञप्तीमा जनाईएको छ ।
 

 

 

तपाईंको बिचार