Tuesday, November 12, 2019

केन्याको डान्स बारबाट उद्धार गरिएका युवती नेपाल फर्किए

प्रकाशित मिति: 2019/07/19

३ साउन, काठमाडौं । केन्याको डान्स बारबाट उद्दार गरिएका १२ जना नेपाली युवतीलाई काठमाडौं ल्याइएको छ । बिहीबार साँझ केन्याबाट उनीहरुलाई हवाई मार्ग हुँदै नेपाल ल्याइएको हो ।

नेपाल प्रहरीको मानव बेचविखनविरुद्ध काम गर्ने ब्युरो स्रोतका अनुसार केन्या प्रहरीले चलाएको अपरेशनका क्रममा उनीहरु पक्राउ परेका थिए । त्यहाँबाट अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) ले उनीहरुलाई नेपाल ल्याएको थियो । उद्दार गरिएका मध्ये अधिकांशले केन्यामा आफूले शारीरिक वा मानसिक यातना नपाएको बताए ।

तपाईंको बिचार