Monday, August 26, 2019

नुवाकोटको प्रसोभना सप्लायर्समा नगरपालिकाले लगायो फलामेबार

प्रकाशित मिति: 2019/07/22
काठमाडौं, ५ साउन । नुवाकोटको विदुर नगरपालिकाले वडा नं. ५ तल्लोपिपल्टारमा सञ्चालनमा रहेको प्रसोभना सप्लायर्सको बालुवा डिपोमा फलामे बार लगाएर सामान बिक्रीमा रोक लगाएको छ । मेयर सञ्जु पण्डितको निर्देशनमा नगर प्रहरीले डिपोमा फलामे बार लगाएका हुन । 
 
सप्लायर्सले सात वर्ष अघि घरेलु तथा साना उद्योग विकास समिति नुवाकोटमा दर्ता भएर ढुङ्गा, बालुवा, रोडा, चिप्स लगायतका निर्माणजन्य वस्तुको काम र कारोवार गरिरहेको छ । विदुर नगरपालिका वडा नं. ५ को त्यस स्थानको झण्डै पाँच रोपनी क्षेत्रफलमा स्टोर गरिएको बालुवा त्यही उत्खनन् गरेको आरोप लगाउदै विदुर नगरपालिकाले सम्पत्ति कब्जा गरेको हो । स्थानीय १ सय १ जनाको हस्ताक्षर सहितको उजुरी तयार भएको देखाएर डोपो सञ्चालन भइरहेको स्थानमा बालुवा उत्खनन् भएको अभियोग लगाइएको छ । 
 
अबैधरुपमा डिपो नियन्त्रणमा लिनका लागि मेयरले तयार गरेको अभियोग पत्रमा केही स्थानीयहरुलाई भने विदुर नगरपालिकाको कार्यालयमै बोलाएर सहिछाप गर्न समेत लगाएको बताएका छन् ।
 
बैधानिक रुपमा खरिद गरी ल्याएको बालुवाको डिपो सञ्चालन भइरहेको स्थान र निजी सम्पत्ति माथी विदुर नगरपालिकाको नाममा मेयर पण्डितले गरेको नियन्त्रण र हस्तक्षेप विरुद्ध संचालक प्रकाश राई अदालत पुगेका थिए । उच्च अदालत पाटन गएका कम्पनीका सञ्चालक राईले १० महिना अघिनै न्याय पाएका थिए । तर अदालतले गरेको फैसला र दिएको निर्देशनको कार्यान्वय विदुर नगरपालिकाले नगरेपछि उनी अहिले पनि अदालतकै ढोका ढकढक्याइरहेका छन् ।
 
मेयर पण्डितले अवैध बालुवाखानी बन्द गरिएको जानकारी दिए । अवैध बालुवा तस्करीको कार्य गर्दै आएकाले सो कमद चालेको भन्दै अवैध कार्य गर्ने जो कोहीलाई नछाड्ने चेतावनी पनि दिए । 
 

तपाईंको बिचार