Wednesday, October 16, 2019

जापान रोजगारी :पहिलो चरणमा केयर गिभर पठाईदै, भाषा र सीप परिक्षा कार्तिकमा

प्रकाशित मिति: 2019/07/22

साउन ६, काठमाण्डौ । जापान जाने नेपाली कामदारका लागि कात्तिक ११ र १२ मा भाषा परीक्षा हुने भएको छ । जापान सरकारसँग भएको सम्झौताअुनसार पहिलो चरणमा ’कियर गिभर’का लागि लैजान भाषा परीक्षाको तयारी भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

भाषा परीक्षामा उत्तिर्ण भएकाहरुका लागि कात्तिक २१ र २२ मा सिप परिक्षण गर्ने मन्त्रालयले तयारी गरेको छ । भाषा र सिप परीक्षाको मिति तय भएपनि आवेदनको प्रकृया, लागत तथा अन्य संयन्त्रको विषयमा भने छलफल भइरहेको छ । मन्त्रालयका अनुसार जापान सरकारसँग यस विषयमा छलफल भइरहेकोले केही दिनमा सबै कुरा टुङ्गीने छ । यसको लागि नेपाल सरकारको तर्फबाट सहसचिवको नेतृत्वमा समिति बताएको छ ।

सरकारले गत चैत ११ मा नेपाली कामदार जापान लैजाने विषयमा सम्झौता भएको थियो । सम्झौतामा नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरे र जापानका तर्फबाट नेपालका लागि जापानी राजदूत मासाशी ओगवाले हस्ताक्षर गरेका थिए । सोही सम्झौताअनुसार विभिन्न १४ क्षेत्रमा कामदार लैजाने भएपनि पहिलो चरणमा एउटा क्षेत्रमा मात्रै कामदार लैजान जापान तयार भएको हो ।

 

तपाईंको बिचार