Saturday, September 21, 2019

बुधबारसम्म देशका पूर्वी तथा मध्य क्षेत्रमा भारी वर्षाको सम्भावना

प्रकाशित मिति: 2019/07/22

साउन ६, काठमाडौं । आगामी बुधबारसम्म देशका पूर्वी तथा मध्य क्षेत्रमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

३ दिनको मौसमी विवरण सार्वजनिक गर्दै महाशाखाले पश्चिमका केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ। बुधबार भने देशका अधिकांश स्थानमा वर्षा हुने विवरणमा जनाइएको छ।

मनसुन न्यून चापीय रेखा नेपालको दक्षिणतिर रहेको जनाउँदै महाशाखाले बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्फयुक्त हावा र स्थानीय वायुको प्रभावको कारण पूर्व तथा मध्यका अधिकांश साथै पश्चिमका केही स्थानहरुमा वर्षाको सम्भावना रहेको जनाएको हो।

महाशाखाका अनुसार हाल देशको पूर्वी तथा मध्यका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानहरुमा मेघ गर्जनसहित वर्षा भइरहेको छ। पश्चिमी भू(भागमा आंसिकदेखि सामान्य बदली भई १–२ स्थानहरुमा वर्षा भइरहेको छ।

तपाईंको बिचार