Sunday, October 20, 2019

भीषण वर्षाले मकवानपुरमा भारतीय गाडी बगायो

प्रकाशित मिति: 2019/07/24

साउन ८, मकवानपुर । मकवानपुरमा भीषण वर्षासंगै आएको बाढीले एउटा भारतीय गाडी बगाएको छ ।

हेटौँडाको कर्राखोलामा आएको बाढीले एक भारतीय गाडी बगाएको प्रहरीले जनाएको छ । शिवम् सिमेन्टको कच्चा पदार्थ पुर्‍याएर फर्कने क्रममा गाडीलाई खोलाले बगाएको हो । गाडीका चालक तथा सहचालक भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिश बुढाथोकीले जानकारी दिए ।

वर्षाले मकवानपुरका कतिपय बाटोहरु अवरुद्ध गरेको जनाइएको छ । असारमा आएको बाढीले बगाएर १२ दिनपछि सञ्चालनमा आएको हेटौँडा पदमपोखरी सडकको डाइभर्सन बगाएपछि पदमपोखरी तथा मनहरि गाउँपालिकाका कतिपय वडाहरुको हेटौँडा आवतजावत बन्द भएको छ ।

तपाईंको बिचार