Monday, August 26, 2019

तराईमा आज भारी वर्षा हुने सम्भावना

प्रकाशित मिति: 2019/07/25

साउन ९, काठमाडौं । आज (बिहीबार) देशको पुर्वी एवं पश्चिम तराइका केही भु–भागमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापिय रेखा तराइ क्षेत्रतिर भएका कारण तराइमा भारी वर्षाको सम्भावना देखिएको हो ।

‘मनसुनको न्यून चापिय रेखा नेपालको पहाडी क्षेत्रबाट तराई भू–भाग हुँदै दक्षिणतिर सरेको छ जसका कारण पहाडी क्षेत्रमा पानी पर्ने क्रम घट्दै गएको छ तर पूर्वी–पश्चिम तराई भू–भागमा भने भारी वर्षा हुने’ महाशाखाले जनाएको हो ।

पहाडी भु–मागमा हल्का वर्षा भएपनि गत दिनहरमा जसो भारी वर्षा नहुने मौसमविद्ले जनाएका छन् । अहिले देशका सबैजसो भू–भागमा सामान्य बदली छ। यतिबेला पूर्वी र मध्यपश्चिम तराईमा भने पानी परिरहेको छ।

तराइ एवं पूर्वीक्षेत्रमा भारी वर्षा हुने देखिएकाले सो क्षेत्रका बासीन्दालाई सावधान भएर बस्न आग्रह गरिएको छ ।

तपाईंको बिचार