Sunday, October 20, 2019

लैंगिक समानता पत्रकारिता पुरस्कार ३ पत्रकारलाई

प्रकाशित मिति: 2019/07/25

साउन ९, काठमाडौं । नेपाल पत्रकार महासंघले लैंङ्गिक समानता पत्रकारिता पुरस्कारबाट यस बर्ष तीनजना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ ।

पुरस्कृत हुनेहरुमा सुजितकुमार झा, जनकपुर (एभिन्यूज टिभी), तिलसरा विक, हुम्ला (कर्णाली एफएम) र भवानी भट्ट महेन्द्रनगर (कान्तिपुर दैनिक) रहेका छन् ।

लैङ्गिक समानता हासिल गर्न समाजलाई अभिप्रेरणा गर्ने, समतामूलक समाज निर्माणमा भूमिका खेल्दै पैरवीयुक्त, खोजमुलक र प्रभावशाली समाचार÷आलेख प्रकाशन÷प्रसारण गरी पत्रकारिता गर्ने मध्येबाट उहाँहरु तीन जना पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरिएको हो ।

मदरल्याण्ड नेपालको सहकार्यमा महासंघले उक्त पुरस्कार प्रदान गर्न लागेको हो । पुरस्कृत पत्रकारलाई ४० हजार नगद तथा सम्मान–पत्र प्रदान गरिने महासंघका उपाध्यक्ष तथा पुरस्कार छनोट समिति संयोजक दिलिप थापामगरले जानकारी दिए ।

तपाईंको बिचार