Wednesday, October 16, 2019

उपप्रमुखद्वारा पत्रकारमाथि हातपात

प्रकाशित मिति: 2019/07/27

साउन ११, तनहुँ । शुक्लागण्डकी नगरपालिकाकी उपप्रमुख सविता रसाइलीले पत्रकारमाथि हातपात र दुर्व्यवहार गरेको प्रति नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको आपत्ति जनाएको छ । एक प्रेस विज्ञप्ति निकाल्दै महासङ्घ तनहुँ शाखा गम्भीर ध्यानाकर्षण भएके जनाएको हो ।

उपप्रमुख रसाइलीले शुक्रवार नगरपालिकाको सभाकक्षमा पत्रकार सम्मेलन आयोजना गरी पत्रकार माथि गरिएको हातपात र दुर्व्यवहार गरेकी थिइन् ।

नगरपालिकाको उपप्रमुख जस्तो गरिमामय पदमा आसीन जनप्रतिनिधिले पत्रकार सम्मेलनमा पत्रकारलाई बोलाएर अभद्र तरिकाले अमर्यादित, अपमानजनक र लाञ्छना लगाउनुले सिङ्गो पत्रकार जगतलाई दुखित तुल्याएको भन्दै पत्रकार महासङ्घ तनहुँका अध्यक्ष ओमकार आर्चायले जानकारी दिए ।

तपाईंको बिचार