Monday, August 26, 2019

भारतीय गाडीबाटै गाँजा तस्करी, गाँजा तस्करीहरु पक्राउ

प्रकाशित मिति: 2019/07/30

साउन १४, वीरगन्ज । पर्सा प्रहरीले भारतीय नम्बरको बोलेरो जीपसहित चारजना भारतीय गाँजा तस्करलाई पक्राउ गरेको छ।

प्रहरी टोलीले सुक्खा बन्दगाह नजिक वीरगंज–२५, बहुअरीबाट बिआर २८ जी २७७० नम्बरको बोलेरो गाडीमा बनाइएको ‘फल्स बटम’ भित्रबाट गाँजा बरामद गरेको हो।

प्रहरीले भारत बिहार पूर्वी चम्पारण जिल्ला बिशुनपुर–३ का ३१ वर्षीय नुरमहमद हुसेन, पूर्वी चम्पारण फुलबरिया–११ का ३२ वर्षीय असलमआलम साइन, सोही ठाउँ बस्ने २८ वर्षीय ईर्साद साइन र पूर्वी चम्पारण शीतलपटी बस्ने ३० वर्षीय सुनिल साहलाई प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

चेकजाँच गर्ने क्रममा बिहान करिब सवा ६ बजे नेपालबाट भारततर्फ जाँदै गरेको उक्त बलेरो गाडी रोकी चेकजाँच गर्दा गाडीको तल ‘फल्स बटम’ बनाई लुकाइछिपाइ राखिराखेको करिब ८९ किलो गाँजा फेला परेको प्रहरी नायव उपरीक्षक अनन्तराज शर्माले बताए। संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई कारबाहीअगाडि बढाइएको प्रहरी कार्यालयले जनाएको छ।

चालू आर्थिक वर्षको साउन सुरु भए यता १५ दिनभित्र भारी परिमाणमा गाँजा बरामदको यो दोस्रो घटना हो। यसअघि साउन २ मा पर्सा प्रहरीले मोटरसाइकल र भारतीय नम्बरकै गाडीमा एक सय २० किलोग्राम गाँजा लैजाँदै गरेको अवस्थामा फेला पारेको थियो। उक्त घटनामा पनि चारजना पक्राउ परेका थिए।

तपाईंको बिचार