Monday, August 26, 2019

अव्यवस्थित पार्किङ हटाइयो

प्रकाशित मिति: 2019/07/30

साउन १४, काठमाडौं । बसन्तपुरस्थित काठमाडौं कामपा २३ वडा झोँछेमा रहेको अव्यस्थित मोटरसाईकल पार्किङ सोमबारबाट हटाएको छ । 

पर्यटकीय अवागनसँगै स्थानीयसँगको दैनिक जनजीवननै प्रभावित हुन थालेपपछि कामपा २३ वडाको संयोजनमा उक्त पार्किङ व्यवस्थापन गरेको वडाले बताएको छ । 

आपत्तकालिन घट्ना आगलागी, विरामी, दुर्घट्ना भएको खण्डमा दमकल, एम्बुलेन्स तथा अति आवश्यक सवारी साधाननै प्रवेश गराउन कठिनाई भोगिरहेका स्थानीयहरुको विशेष पहलमा सो क्षेत्रमा हरेको अवस्थित पार्किङ हटाएको हो । 

आन्तरिक तथा बाह्य पर्यटकलाई आवगमन देखि सम्पदा क्षेत्र अवलोकनको समेत वाधा परिरहेको तथा अव्यवस्थित पार्किङको कारण सो क्षेत्र कुरुप बन्दै गएपछि सरोकारवालाहरुले सबैले चासो देखाएका छन । 

स्थानीयहरुका अनुसार अब सो र्यटकिय क्षेत्रलाइ सुन्दर, सफा र ब्यबस्थित गर्ने योजना अघि बढाउन थप प्रबिधी युक्त ब्यबस्थापन गर्ने लक्ष्य लिएको समेत बताएका छन । 

पार्किङ व्यवस्थापनका लागि महानगरिय प्रहरि बृत्त जनसेवा,महानगरिय ट्राफिक प्रहरी बृर्त जनसेवा,का.म.पा. हनुमान ढोका दरबार सम्रक्षण कार्यक्रम ,का.म.पा.नगर प्रहरी महाशाखाले सहयोग गरेका छन । 

त्यसैगरी झोछे पुचः,लायकुसाः मानन्धर समाज,झोछें सामुदायक समाज,लकसस् म्हालाशाला पुचः, न्हुसास्टोल सुधार समिती, स्थानिय, ब्यबसाय सबैको सहकार्यमा बाट अब्यबस्थित पार्किङ्ग ब्यबस्थापन गरि सडक खुल्ला गरिएको थियो । 

तपाईंको बिचार