Wednesday, October 16, 2019

मंसिरपछि नेपालको पानी खाडी मुलुकमा पठाइने

प्रकाशित मिति: 2019/08/03

साउन १८, काठमाडौं । रुद्र गङ्गा नेचुरल वाटर कम्पनीले रसुवा जिल्लाको हिमालय क्षेत्रबाट बगेर आउने स्प्रीङ पानीको उत्पादन सुरु गरेको छ।  नेपालको पानी विदेश निर्यात गर्ने उद्देश्यले सुरु गरेको यो कार्यक्रममा खानेपानी मन्त्री बिना मगरले विदेश निर्यात गर्ने उद्देश्यले रसुवा ब्रान्डको पानी उत्पादन भएको घोषणा गरेका छन् ।

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको गोसाइँकुण्ड नगरपालिका वडा न ६ मा प्लान्ट स्थापना गरेर कम्पनीले हिमालय क्षेत्रबाट बगेर आउने पानीको उत्पादन गरिरहेको कम्पनीका अध्यक्ष गणेश भण्डारीले जानकारी दिए।

अध्यक्ष भण्डारीले जर्मन प्रविधि र अत्याधुनिक मेसिनहरुको प्रयोग गरेर अटोमेटेड बोटलिङ भई पानीको उत्पादन कार्य भैरहेको बताए।

उनका अनुसार कम्पनीले दैनिक ५० हजार लिटर बोतल र ३ हजार जार प्राकृतिक स्प्रीङ वाटर उत्पादन गर्ने लक्ष्य राखेको छ। नेपाली बजारमा तुरुन्त र  खाडी मुलुकहरूमा मंसिरपछि (आउँदो डिसेम्बरसम्म) मा पानी निर्यात गरिने अध्यक्ष भण्डारीले बताए।

कार्यक्रममा मन्त्री मगरले नेपालको पानी विश्व बजारमा निर्यात गरि बिक्री गर्ने योजनामा सरकार लागिरहेको बताइन्। उनले हिमालबाट बगेर खेर गइरहेको पानीमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरिन्।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लको उपस्थिति रहेको थियो । त्यसै कम्पनीले वरिष्ठ कलाकार हरिवश आचार्य र मदनकृष्ण श्रेष्ठलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।

तपाईंको बिचार