Monday, August 26, 2019

आज केही स्थानमा चट्याङ पर्ने तथा भारी वर्षा हुने सम्भावना

प्रकाशित मिति: 2019/08/04

साउन १९, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा चट्याङ पर्ने तथा भारी वर्षा हुने सम्भावनाको पूर्वानुमान गरेको छ । मौसम पूर्वानुमान महाशाखाले २४ घण्टे चेतावनी जारी गद देशका केही स्थानमा मेघ गर्जन र चट्याङ पर्ने सम्भावना रहेको जनाएको हो ।

यस्तै, मध्य र पूर्वका पहाडी भूभागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन समेत आग्रह गरेको छ । महाशाखाका अनुसार दक्षिण भारतमा रहेको मनसुन न्यून चापीय रेखा उत्तर सर्दै आज बेलुका नेपाल नजिकै आइपुग्ने सम्भावना छ । यसैकारण बेलुकादेखि मौसमी गतिविधि (वर्षा हुने) बढ्ने सम्भावना रहेको महाशाखाको भनाइ छ ।

तपाईंको बिचार