Sunday, October 20, 2019

१ सय २१ तुइन हटाइए

प्रकाशित मिति: 2019/08/07

साउन २२, काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत आर्थिक वर्षमा १३४ मध्ये १२१ तुइन विस्थापन गरेको छ । सरकारको तुइन विस्थापन गर्ने योजनाअनुसार ती तुइन विस्थापन गरिएको मन्त्रालयका प्रवक्ता भूपाल बरालले जानकारी दिए ।

प्रदेश नं १ मा ५, प्रदेश नं ३ मा १९, गण्डकी प्रदेशमा २६, प्रदेश नं ५ मा १७, कर्णाली प्रदेशमा २८ र सुदूरपश्चिम प्रदेशमा २६ वटा तुइन विस्थापन गरिएको छ । तुइन विस्थापनबाट तुइन दुर्घटनाबाट हुने मानवीय क्षतिमा कमी आएको र आर्थिक–सामाजिक क्रियाकलापमा पहुँच वृद्धि भएको जनाइएको छ । यसैगरी मन्त्रालयले ५०० झोलुङ्गे पुलमध्ये ४९५ वटा निर्माण गरिएको छ । प्रदेश नं १ मा ८४, प्रदेश नं २०, प्रदेश नं ७३, गण्डकी प्रदेश १०२, प्रदेश नं ५ मा ६४, कर्णाली प्रदेश ८७ र सुदूरपश्चिम प्रदेशमा ६५ पुल निर्माण गरिएको छ ।

यसैगरी मन्त्रालयले १०३ वटा पुल बनाउने लक्ष्य लिएकामा ७३ वटा निर्माण गरिएको छ । प्रदेश नं १३, प्रदेश नं १२ प्रदेश नं ३ मा २१, गण्डकी प्रदेश नं १२ प्रदेश नं ५ मा १०, कर्णाली प्रदेशमा ३ वटा र सुदूरपश्चिम प्रदेशमा २ वटा सडक बनेका छन् । पुल निर्माण भएपछि यातायातमा सहज भएको छ ।

यसैगरी मन्त्रालयले १ हजार २३९ किलोमिटर सडकमध्ये ६०५ किलोमिटर बनाएको छ । प्रदेश नं १ मा ९९ किमि, प्रदेश नं २ मा ८९ किमि, प्रदेश नं ३ मा १७९ किमि, गण्डकी प्रदेशमा ९२ किमि, प्रदेश नं ५ मा ११६, कर्णाली प्रदेशमा २० किमि र सुदूरपश्चिममा १८ किमि निर्माण गरिएको छ ।

यसैगरी मन्त्रालयले प्रदेश नं १ मा ९८६ किमि, प्रदेश नं २ मा १ हजार २०० किमि, प्रदेश नं ३ मा एक हजार ३५ किमि, गण्डकी प्रदेशमा एक हजार १५८ किमि, प्रदेश नं ५ मा एक हजार २५० किमि, कर्णाली प्रदेशमा एक हजार १४५ किमि र सुदूरपश्चिम प्रदेशमा ९७५ किमि सडक मर्मत गरेको छ ।

तपाईंको बिचार