Sunday, October 20, 2019

एसीयाली बिकास बैङ्कसँग मेलम्चीको पाईप बिछ्याउन ६ अर्ब ऋण माग

प्रकाशित मिति: 2019/08/08

२३ साउन, काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तरगतको आयोजना विकास निर्देशनालयले कलंकी र महाराजगञ्ज क्षेत्रमा पाइपलाइन बिछ्याउन एसियाली विकास बैंकसँग ६ अर्ब रुपैयाँ ऋण प्रस्ताव गरेको छ ।
तर, आयोजनाको मुख्य काम अघि नबढेको भन्दै एडबीले प्रस्तावलाई स्वीकार गरिनसकेको आयोजना विकास निर्देशनालयका प्रमुख तिरेशप्रसाद खत्रीले जानकारी दिए ।
सरकारले मलेम्ची आएपछि खानेपानी वितरणलाई प्रभावकारी बनाउने गरी वितरण सञ्जाल विस्तार गर्न तीन वटा प्याकेजमा काम गरिसकेको छ । वितरण सञ्जालका लागि थप दुई वटा प्याकेजमा ठेक्का लगाउन बजेट जुटिसकेको छैन । त्यसका लागि एसियाली विकास बैंकसँग आयोजनाले ऋण दिन प्रस्ताव गरेको हो । करिब साढे तीन सय किमि क्षेत्रमा पाइप बिछ्याउन ऋण मागिएको छ ।
चक्रपथभित्र यी क्षेत्रमा पाइप बिछ्याउन थालेपछि उपत्यका फेरि एकपटक धुलोले ढपक्कै ढाकिनेछ । एडीबीले यो ऋण रकम स्वीकृत गरे धुम्बाराही, महाराजगञ्ज, सामाखुशी, कलंकीलगायत क्षेत्रमा पाइप बिछ्याउन ठेक्का लाग्नेछ । मेलम्चीको पानी आउँदासम्म यी दुई क्षेत्रमा पाइपलाइन विस्तार भइसक्ने अवस्था छैन । तत्काललाई ती क्षेत्रका बासिन्दाले पुरानै वितरण सञ्जालबाट पानी पाउने खत्रीले बताए ।

 

तपाईंको बिचार