Sunday, October 20, 2019

पर्यटन व्यवसायी तथा नियात्राकार डङ्गोलको नियात्रा सङ्ग्रह “यात्राका पाइला” सार्वजनिक

प्रकाशित मिति: 2019/08/10

साउन २५, काठमाडौं । पर्यटन व्यवसायी तथा नियात्राकार राजेन्द्रमान डङ्गोलको नियात्रा सङ्ग्रह “यात्राका पाइला” पुस्तक सार्वजनिकीकरण भएको छ । 

कार्यक्रममा संस्कृतिविद् तुलसी दिवसले मौलिकता झल्किने गरी लेखिएका हरेक पुस्तकहरुले लेखक स्थापित बनाउने कुरा व्यक्त गरे । 

दिवसले भने, “यात्रा कति बेला वा कहाँ टुङ्गिन्छ ठेगान हुन्न तर स्रष्टा सदासर्वदा गतिशील भइरहनुपर्छ । यात्रामा मानवीय संवेदनालाई बडो राम्ररी पर्गेल्न सक्नुपर्छ । म त मेरो मन्तव्य टुङ्ग्याउँला,  तर राजेन्द्रले यो यात्रा थप जीवन्त बनाउन अरु चुचुरा चुम्न आँट गर्नुपर्छ भलै त्यसपछि ओरालो यात्रा नै किन नहोस् । उनका यात्राका  पाइला अविराम अघि बढ्नुपर्छ । 

त्यसैगरी चर्चित निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेले यात्रा साहित्य देशको निम्ति महत्वपूर्ण सूचना भएको दाबी गरे ।  

तपाईंको बिचार