Sunday, October 20, 2019

बालुवा निकाल्न खनेको खाल्डोमा डुवेर दुई जनाको मृत्यु

प्रकाशित मिति: 2019/08/10

साउन २५, धादिङ । दरिङगाल खोलामा बालुवा निकाल्न खनेको खाल्डोमा डुबेर दुई जनाको मृत्यु भएको छ ।

गजुरी गाउँपालिका वडा नम्बर ७ का २१ वर्षीय भीम तामाङ र २३ वर्षीय सुमन स्याङतानको मृत्यु भएको धादिङका प्रहरी नायव निरीक्षक खगेन्द्रबहादुर खड्काले बताए । मृतक दुवै जना खोलाबाट बालुवा निकालेर जीवन गुजारा चलाउँदै आइरहेका थिए ।

अनियमित ढंगले डोजर प्रयोग गरी खोलाबाट बालुवा निकाल्दा खोला पोखरीमा परिणत बनेर जोखिम बढेको भन्दै आक्रोसित स्थानीयबासीले तीन ओटा डोजरमा आगजनी गरेका छन् ।

पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने तथा बालुवा उत्खनन गर्ने ठेकेदारलाई कानुनी कारवाही गर्नुपर्ने माग राख्दै स्थानीयबासीले अहिले घटनास्थलमै शव राखेर विरोध प्रदर्शन गरिरहेका छन् ।

तपाईंको बिचार