Monday, August 26, 2019

तीन दिनसम्म भारी वर्षा हुने सम्भावना, सतर्क रहन मौसमविदको आग्रह

प्रकाशित मिति: 2019/08/11

साउन २६, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश स्थानहरुमा सामान्य बदली भइ भारी वर्षा हुने पूर्वानुमान गरेको छ ।

महाशाखाका अनुसार आगामी तीन दिनसम्म नै मौसम बदली हुनेछ । आगामी २४ घण्टा देशका केही स्थानमा मेघ गर्जनसहित वर्षा र चट्याङ पर्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।

पहाडी क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको र चुरेबाट बहने नदीमा आकस्मिक बहावको सम्भावना रहेकोले सतर्क हुन पनि आग्रह गरिएको छ । सडक यातायातमा पनि पहिरो र भूक्षयको खतरा रहेको पूर्वानुमान महाशाखाको भनाइ छ ।

तपाईंको बिचार