Monday, August 26, 2019

आगलागीबाट २३ पसल जले

प्रकाशित मिति: 2019/08/14

साउन २९, पोखरा । पोखराको न्युरोडस्थित एस मिनी मार्केटमा मंगलबार दिउँसो आगलागी भएको थियो । आगलागीबाट २३ वटा पसलका सबै सामान जलेका थिए ।

प्रहरी निरीक्षक गणेश सुवेदी जानकारी दिएका अनुसार २३ वटा पसल रहेको मिनीमार्केटका सबै सटरमा आगलागीले पूर्ण क्षति पुगेको बताए । 

मिनीमार्केटमा इलेक्ट्रोनिक, फलफूल, फर्निचर तथा फोम (म्याट) पसल थिए । स्थानीय अन्तिम पौडेलका अनुसार मिनीमार्केटमा १० वटा सटरमा फोमको मात्रै व्यवसाय गरिएको थियो ।

करिब ४ बजेतिर भएको आगलागी १० मिनेटमा सबै पसलमा फैलिएको थियो । आगलागी भएको करिब १५ मिनेटपछि पोखरा महानगरपालिकाको दमकल पुगेको थियो । महानगरको ३ वटा दमकल प्रयोग गरेर २ घन्टामा आगो नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

 

तपाईंको बिचार