Saturday, October 19, 2019

८ हजार गाँजाको बोट नष्ट

प्रकाशित मिति: 2019/08/14

साउन २९, भक्तपुर । सूर्यविनायक नगरपालिका–८, सिपाडोलको ठूलोगाउँमा रहेका करिब ८ हजार गाँजाको बोट प्रहरीले फडानी गरेको छ ।

महानगरिय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीको नेतृत्वमा गएको प्रहरी टोलीले लागूऔषधको रुपमा प्रयोग हुने गरेको गाँजाको आठ हजारभन्दा बढी बोट फडानी गरी नष्ट गरेको जोशीले बताए ।

स्थानीय बासिन्दाको करेसा, तरकारी, मकैबारीदेखि खुला ठाउँ, चौर र पाखामा लहलह गर्दै झुलेका हजारौँ बोट गाँजा फडानी गरी नष्ट गरेको हो । गाँजाले समाजमा विकृति फैलाउने र कुलत बढ्ने भएकाले गाँजालाई नष्ट गरिएको उनले बताए ।

गत आइतबार पनि प्रहरीले सूर्यविनायक नगरपालिका–७, गुन्डु नयाँबस्तीमा रहेको चार हजार २०० गाँजाका बोट नष्ट गरेको थियो ।

तपाईंको बिचार