Monday, August 26, 2019

रक्षाबन्धनको अवसरमा प्रदेश २ मा सार्वजनिक बिदा

प्रकाशित मिति: 2019/08/14

२९ साउन, जनकपुरधाम । बिहीबार हिन्दुधर्मालम्बीहरूको पर्व रक्षाबन्धनको अवसरमा प्रदेश २ सरकारले सार्वजनिक छुट्टी दिने निर्णय गरेको छ ।

प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेकाले हर्षोल्लासका साथ रक्षाबन्धन  मनाउन सबैसँग अनुरोध गरेका छन् ।

संघीय सरकारले पर्वलगायतको बिदा कटौती गरेपछि प्रदेश सरकारहरूले बिदा दिँदै आएका छन् । यसअघि बकर इदको अवसरमा प्रदेश २ सँगै प्रदेश ५ ले सार्वजनिक बिदा दिएका थिए ।

प्रदेश २ ले रक्षाबन्धनको अवसरमा बिदा दिने निर्णय गरे पनि अन्य प्रदेशले भने अहिलेसम्म यसबारे कुनै निर्णय गरिसकेका छैनन् ।

तपाईंको बिचार