Monday, November 18, 2019

श्रमस्वीकृती लिन काठमाण्डौ आउनुपर्ने बाध्यता हट्दै, उपत्यकाबाहिरबाटै ६७ हजारले लिए स्वीकृती

प्रकाशित मिति: 2019/08/15

३० साउन, काठमाडौं । सातवटै प्रदेशबाट सरकारले श्रम स्वीकृति दिन थालेपछि गत आर्थिक वर्ष ०७५, ७६ को करिब साढे ६ महिनामा ६७ हजारभन्दा बढी युवाले प्रदेश कार्यालयबाटै श्रम स्वीकृति पाएका छन् ।

सरकारले गत पुसबाट काठमाडौं बाहिर पुनः श्रम स्वीकृति दिन सुरु गरेको थियो । विदेशबाट फर्किएर पुनः सोही गन्तब्यमा जाने अनुमतिका लागि काठमाडौंमा आउनुपर्ने बाध्यता हट्दा युवाले राहत महसुस गरेको वैदेशिक रोजगार विभागका अधिकारीहरु बताउँछन् ।
वैदेशिक रोजगार विभागका अनुसार यो कामको थालनीपछि गत असारसम्म  ६७ हजार ३८४ युवाले प्रदेशस्तरीय वैदेशिक रोजगार कार्यलयबाट श्रम स्वीकृति नवीकरण गराएका छन् ।
असारसम्म प्रदेशबाट ६६ हजार ४७८ पुरुष र ९०६ जना महिला कामदारले श्रम नवीकरण गराएका हुन् । सबैभन्दा धेरै श्रम नवीकरण जनकपुरको श्रम कार्यालयबाट भयो । करिब ७ महिनाको अवधिमा जनकपुरबाट २१ हजार ९७७ जनाले श्रम स्वीकृति नवीकरण गरेका छन् ।

तपाईंको बिचार