Monday, November 18, 2019

पार्टी एकीकरण प्रक्रिया बारे नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

प्रकाशित मिति: 2019/08/16

साउन ३१, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक  बालुवाटारमा सुरू भएको छ ।

पटकपटक स्थगित हुँदै आएको बैठक  शुक्रबार बिहान ११ बजेपछि बालुवाटारमा बसेको हो । यसअघि बिहीबार डाकिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएपछि औपचारिक रूपमा सुरू नै नभएर स्थगित भएको थियो । प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएपछि दिउँसो डाकिएको बैठक बिहानै बसेको हो । सचिवालय बैठक बस्नुअघि अहिले प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो । पार्टी एकीकरण प्रक्रियाको बाँकी काम टुंगो लगाउने विषयमा नेकपा दुई अध्यक्ष निरन्तर छलफलमा भए पनि सहमति भने हुन सकिरहेको छैन ।

तपाईंको बिचार