Monday, November 18, 2019

अरुणखोलाको डाईभर्सन भत्कियो, गाडीमै रोकिएका यात्रु भन्छन,–‘पानी समेत पाएनौ’

प्रकाशित मिति: 2019/08/16

३१ साउन, नवलपरासी । पूर्व–पश्चिम राजमार्गको अरुणखोला बजारको डाइभर्सन पानीले भत्काएपछि सवारी आवागमन फेरि अवरुद्ध बनेको छ । अरुणखोलामा ट्रक ठोक्किएर पुल भाँचिएपछि डाइभर्सन बनाएर बिहीबार साँझबाट सवारी पास गराइएको थियो । तर, डाइभर्सन सञ्चालनमा आएको केही समयमा नै पानीले क्षति र्पुयाएपछि पुनः यातायात अवरुद्ध हुन पुगेको छ ।

अरुणखोला प्रहरीका अनुसार डाइभर्सनबाट सवारी पास हुन नसकेपछि अरुणखोलाबाट पूर्व–पश्चिम दुवैतर्फ ५ किलोमिटर लामो जाम लागेको छ । दुवैतर्फ सवारी रोकिएपछि सयौं सवारी तथा त्यसमा सवार यात्रुहरू समस्यामा परेका छन् ।
बाटो अवरुद्ध भएको दुवैतर्फ ८ किलोमिटर लामो जंगल भएको र जंगलमा रोकिँदा खानेपानीसमेत नपाएको यात्रुको गुनासो छ ।

तपाईंको बिचार