Monday, November 18, 2019

कश्मीरमा भारत र पाकिस्ताबीच गोली हानाहान

प्रकाशित मिति: 2019/08/17

साउन ३२, काठमाडौं । कश्मीरको विवादित क्षेत्रमा गोली हानाहान हुँदा ५ भारतीय र ३ पाकिस्तानी सैनिकको मृत्यु भएको छ । पाकिस्तानी सेनाका प्रमुख मेजर जनरल आसिफ गफूरले बिहीबार साँझ ट्वीटरमार्फत यसको पुष्टि गरेका छन् ।

उनले लेखेका छन्, ‘कश्मीरको विवादित क्षेत्रमा गोली हानाहान भएपछि कम्तीमा ३ पाकिस्तानी र ५ भारतीय सैनिक मारिए ।’

पाकिस्तानी सेनाको भनाइको खण्डन गर्दै भारतीय सेनाले भने आफ्नो ५ जना सैनिक मारिएको कुरा अस्वीकार गरेको छ ।

भारतीय सेनाले प्रतिस्पर्धा गरेको सीमामा गोली हानाहान भएको स्थानलाई पाकिस्तानी सेनाका प्रमुख गफूरले नियन्त्रण रेखा ९एलओसी० भनेर ट्वीटरमा पोस्ट गरेका थिए ।

आन्तरिक रूपमा गोली हानाहानको क्रम जारी रहेको पाकिस्तानी सेना प्रमुख गफूरले ट्वीटमा लेखेका छन् ।

तपाईंको बिचार