Friday, November 22, 2019

हामी बैधानिक संगठन हौँ, सितारामहरुको ठालुबादको अर्थ छैन :मदन आचार्य

प्रकाशित मिति: 2019/08/20

भदौ ३, काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानको निर्वाचन मिति नजिकिदै गर्दा नेकपा भित्रका पूर्व एमाले संगठनको बिबाद सतहमा आएको छ ।  पूर्व एमाले निकट मदन आचार्य नेतृत्वको नेपाल राष्ट्रिय पर्यटन व्यावसायी संगठन नेपालले सिताराम सापकोटा नेतृत्वको पर्यटन व्यावसायी संगठनलाई आफ्नो संगठनमा बिलिन हुन अनुरोध गरेसँगै सापकोटाले आचार्यको सातो खाएका छन ।

पार्टी एकीकरण भैसकेपछि अहिले जनबर्गीय संगठन भंग भैसकेको अवस्थामा के आधारमा आचार्यले आफुहरुलाई एकीकरणका लागि बोलाए, उनको संबैधानिक हैसियतमाथि नै सापकोटाले प्रश्न तेर्साए । दुई बर्षअगाडी बैधानिक बिधिबाटै आफु मदन आचार्यबाट अलग भएकाले आफु प्रगतिशल सोचाई राख्ने व्यक्ति भएको भन्दै संकुचित मानसिकतासँग एकीकरण हुनै नसक्ने बताईरहँदा मदन आचार्यले चै कसरी लिएका छन त, बुझ्ने कोशिस गरेका छौ ।
नेपाल राष्ट्रिय पर्यटन व्यावसायी संगठन नेपालका अध्यक्ष मदन आचार्यसँगको कुराकानी ।

१. तपाई सिताराम सापकोटा नेतृत्वको पर्यटन व्यावसायी संगठनमा कहिले बिलय हुने प्रष्ट भन्नुस ।
होईन नी, खै के भन्दैहुनुहुन्छ, मैले बुझ्न सकिन । मैले त हामी नै बैधानिक संगठन हौ, तपाईहरु आउनुस भनेर सिताराम जि लाई भनेको हुँ । हामी बिलय हुने कुरै आउँदैन ।
२. तर तपाईलाई सापकोटाले चेतावनी दिईसक्नुभयो नी, तपाईले उहाँलाई एकीकरण गरौँ भन्ने हैसियत के ?
उहाँ हिजोका दिनमा हाम्रै टिमा उपाध्यक्षमा हुनुहुन्थ्यो, अहिले छिन्नभिन्न भएर काम छैन, आउनुस मिलेर काम गरौ भनेको हुँ । अरु केही होईन ।
३. नआउँदा चै के हुन्छ ?
 केही हुँदैन, आह्वान मात्रै गरेको हो ।
४. तर उहाँ त पर्यटन बजारमा स्थापित व्यक्ति हो, ५ चण्डाल मध्ये एक चण्डाल हुनुहुन्छ, तपाईले बोलाउने हो र ?
सबैको आअफ्नो योग्यता क्षमता हुन्छ, उहाँ चण्डाल नै भएपनि मेरो केही छैन, हामीले संगठनलाई मजबुत पार्न खोजेको हो । यसअघि भएका महाधिवेशनमा उहाँले पनि भाग लिनुभएको थियो, केन्द्रीय कमिटीमा निर्वाचीत पनि हुनुभयो, पछि उपाध्यक्ष हुँदा संगठन फुटाएर लानु भयो, त्यसैले आउनुस भनेका हौ ।
५. भनेपछि तपाई सिताराम सापकोटालाई नेतृत्व मानेर पछिपछि हिड्न तयार हुनुहुन्छ ?
म आफै अध्यक्ष भैराखेको व्यक्ति हो, अध्यक्ष त्याग्ने भन्ने कुरै छैन । हामी बैधानिक संगठन हौँ, सितारामहरुको ठालुबादको अर्थ छैन ।
६. त्यसो त उहाँपनि अध्यक्ष नै होनी, यो त लोभीपापी कुरा भएन र ?
अध्यक्ष दिएर किन कोही कसैले एकीकरण गर्छ र ।
७. तर तपाई अबैधानिक अध्यक्ष हो, तपाईका गतिबिधी व्यावसायीले रुचाएका छैनन, तपाईलाई थाहा छैन ?
मलाई त्यस्तो लाग्दैन, कुनै सार्बजनिक पदमा बस्दा ति कुराहरु थाहा हुने कुरा हुन । यो मेरा बिरोधीहरुको कुरा हो ।
८. टानमा तपाईको मान्छे को, भन्नुुस ।
अहिले निर्णय भैसकेको छैन, बैठकले टुंगो लगाउला ।
९. भनेपछि तपाईको पावर केही छैन, घटिसक्यो, सिद्धिसक्यो ?
बिल्कुल होईन, पार्टी झन ठुलो भएको छ, उपयुक्त व्यक्ति छान्ने पर्यत्न त हुन्छ नी ।
१०. सिताराम सापकोटाले त भनिसक्नुभयो, म चण्डाल हुँ, मैले चाहेको व्यक्ति टानमा नेतृत्व हुन्छ ? तपाई रोएर बस्नुहुन्छ, बिरोध गर्नुहुन्छ, ताली बजाउनुहुन्छ, के गर्नुहुन्छ ? भन्नुस ।
त्यो उहाँको कुरा हो , मेरै नेतृत्वमा पर्यटकीय संगठन रहेको हुनाले हामीभित्र पनि कुरा हुन्छ, उहाँले कसको नाममा कुरा गर्नुभएको हो, थाहा छैन, त्यसैले यसमा टिप्पणी छैन, गर्नुस, बनाउनुस । त्यसमा हामी हाम्रा कुरा अवश्य राख्नेछौ ।
११. सितारामले नै चाहेको व्यक्ति टानमा आए भने तपाई भारी कसेर गाँउ फर्कनुहुन्छ ?
म धेरै हावाहुरी, अवरोध सहेर आएको व्यक्ति हुँ, त्यसले मलाई खास असर गर्दैन ।
१२. नवराज दाहालले पनि चन्द्र रिजालले मलाई अध्यक्ष बनाउन सहयोग गरे, अब मैले भनेको व्यक्तिलाई अध्यक्ष बनाउँछु, अरु कोही माईकलाल कराएर केही हुन्न भनिसके नी ?
उहाँ पनि टानको भुमिकामा बसेको व्यक्ति नै हो, उहाँका पनि व्यक्तिगत ईन्ट्रेष्ट हुन सक्छन । उहाँहरुले सके उहाँले बनाउनुहोला, हामीले सके हामी गर्छौ ।
१३. भनेपछि तपाई केही गर्न सक्नुहुन्न ?
किन नसक्नु, आखिर म पनि पर्यटकीय संगठनमा नै छु, मैले नै भनेको नहुन सक्छ, अरुजस्तो मैले नै भनेको हुन्छ, भनेर भन्न चाही सक्दीन ।

तपाईंको बिचार