Saturday, September 21, 2019

तामाङ समाज कतारद्वारा २८५६ औं सोनाम ल्होछार मनाउने

प्रकाशित मिति: 2019/08/24

भदौ ७, कतार । स्थापनाकाल देखि आफ्नो भाषा संस्कार र संस्कृति रितिरिवाजमा अडिग रहेर हरेक बर्ष मनाउदै आइरहेको तामाङ समुदायको महान चाड “सोनाम ल्होछार” आगामी बर्ष २०२० मा पनि मनाइने भएको छ । “तामाङ जातिको परिवर्तन, शैक्षिक तथा आर्थिक सुदृढीकरण” भन्ने मुल नाराका साथ सन्  २००५ मा स्थापना भएको नेपाल प्रवासी तामाङ समाज कतारले २८५६ औं सोनाम ल्होछार (जिवा ल्हो) मुसा वर्ग “बृहत् साँस्कृतिक  कार्यक्रम–२०२०” कार्यक्रम आयोजना गर्ने भएको समाजका अध्यक्ष धिरेन तामाङले जानकारी गराउनु भयो ।

२०२० जनवरी २४ तारिख शुक्रबारका दिन कतार स्थित रमणीय स्थान अम्वाज क्याम्प–२ मा हुने उक्त कार्यक्रममा थप मनोरञ्जन दिनको लागि नेपालबाट ख्याती प्राप्त तामाङ कलाकार हरुलाई आमन्त्रण गरिने नेपाल प्रवासी तामाङ समाज कतारका प्रमुख सल्लाहकार तिर्थ थिङ तामाङले बताउनु भयो ।

तपाईंको बिचार